२७ बैशाख २०८१, बिहिबार
Header

एमाले अध्यक्ष ओली फिल्ममा अभिनय गर्दै 


प्रकाशित: आइतवार, १४ माघ २०८०, १६ः१० बजे
- महानगरखवर

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एक नेपाली फिल्ममा देखिने भएको छ । 


अभिनेता रमित ढुंगानाको डेब्यू निर्देशित फिल्म ‘नमेटिने घाउ’ मा अध्यक्ष ओलीले अभिनय गर्ने भएको हो । 


आइतबार काठमाडौंमा फिल्मको औपचारिक घोषणा गरिएको हो । सो फिल्ममा ओली प्रधानमन्त्रीको भूमिकामा प्रस्तुत हुनेछन । 


फिल्ममा तेजाब आक्रमणमा परेका किशोरी र महिलाको जीवनका कथालाई समेटिएको छ । 


एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवनमा यो फिल्म आधारित रहनेछ । एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहनेछ।


एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्ने छिन ।  उनले पनि यही फिल्मबाट डेब्यू गर्न लागेकी हुन ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD