२२ बैशाख २०८१, शनिबार
Header

एमाले अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा के छ ? (प्रतिवेदन) 


प्रकाशित: शनिवार, ८ बैशाख २०८१, १६ः२० बजे
- महानगरखवर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिवार गोदावारीमा आयोजित महाधिवेशन परिषद बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन ।


एक सय ९६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा वर्तमान मुुलुकको राजनीतिक अवस्था, प्रतिपक्षी दल, सांगठनिक अवस्था लगायतका विषयमा उल्लेख छ ।


अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कांग्रेस अचानक सत्ताबाट बाहिरिनुपर्दा आक्रोशित, क्षुव्ध र हतास देखिएको बताएका छन ।


सत्ताबाट बाहिरिनुपर्दा कांग्रेसले प्रतिशोधको राजनीति गरेको पनि एमाले अध्यक्ष ओलीको आरोप छ । कांग्रेसले नयाँ समीकरण बन्न नदिन हरसम्भव प्रयास गरेको पनि उनको भनाइ छ ।


उनले पछिल्लो सत्ता समीकरण मुलुकमा देखिएका समस्या समाधानका लागि भएको पनि बताएका हुन ।


यसअघिको सत्ता गठबन्धनले राष्ट्रिय हितमा आघात र्पुयाउने गोप्य सहमतिहरूसमेत गरेको आरोप लगाएपनि के के विषयमा गोप्य सहमति भए भन्ने कुरा भने खुलाएका छैनन । 


अध्यक्ष ओलीले सहकारी प्रकरणमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेकोमा असुन्तीष्टी जनाएका छन । 


कांग्रेसले राजनीतिक प्रतिशोधको भावनाले प्रश्न उठाएको ओलीको तर्क गरेका छन । 


ओलीले भने सहकारी ठगीमा गम्भीर छानबिन हुनुपर्ने भए पनि निश्चित व्यक्तिलाई कांग्रेसले निशाना बनाएको बताएका छन । 


त्यसैगरी उनले संसदमा एक दर्जन दलको उपस्थितिले झन अस्थिरताको सम्भावना बढाएको बताएका छन ।


बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसबाट बलियो राष्ट्रिय शक्ति निर्माणको जनचाहनामा प्रतिकूल प्रभाव पारेको बताए।


अध्यक्ष ओलीले निर्वाचनपछि निर्माण भएको शक्ति सन्तुलन राष्ट्र र जनताको हितमा अनुकूल बन्न नसकेको उनको भनाइ छ । 


निर्वाचनमा पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय घटना रहेको उनले बताए ।


अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनः

 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD