७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

एमालेले सरकारबाट समर्थन फिर्ता लिने


प्रकाशित: बुधवार, १९ असार २०८१, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ ।


एमालेको सचिवालय बैठकले प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 


प्रम दाहाललाई दिएको राजीनामा गर्न समय सकिंदा निर्णय नलिएपछि समर्थन फिर्ता लिने निर्णयमा पुगेको प्रमुख सचेतक बर्तौलाले बताए । 


एमालेले राष्ट्रिय सरकारको लागि प्रम दाहाललाई मंगलवार राजीनामा गरेर सहयोग गर्न आग्रह गरेको थियो । 


उनका अनुसार, प्रधानमन्त्री प्रचण्डलाई भेटेरै समर्थन फिर्ता लिने र मन्त्रीहरु फिर्ता हुने तयारी छ । सोमवार नेपाली कांग्रेससँग भएको नयाा सत्ता समिकिरणमा एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने भएको छ । 


आजै नेपाली कांग्रेसले पनि प्रम दाहाललाई राजीनामा गरेर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex