काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फ १३ लाख ४८ हजार ७०५ मत ल्याएका छन ।
प्रत्यक्ष तर्फ नेपाली कांग्रस अघि देखिएको छ । कांगे्रसले समानुपातिकमा १२ लाख ७६ हजार २२० मत पाएका छन ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले ६ लाख १७ हजार ६५५ मत ल्याएका छन भने नेकपा माओवादी केन्द्रले ५ लाख ८० हजार ६२६ मत पाएर चौथो स्थानमा देखिएको छ ।
समानुपाति मत ल्याउने पाँचौ स्थानमा राष्टिय प्रजातन्त्र पार्टीले ३ लाख १८ हजार ५९१ मत पाएका छन । जनता समाजवादी दलले १ लाख ५६ हजार ७५६ मत ल्याएका छन ।
नागरिक उन्मुक्ति पार्टी एक लाख एक हजार ५७० समानुपातिक मत ल्याएका छन भने नेकपा एकिकृत समाजवादीले १ लाख ६ हजार ४८४ मत पाएका छन ।
लोकतान्त्रिक समाजवादी पार्टीले ६३ हजार ११३ मत पाएका छन ।
Categorized in राष्ट्रिय