७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

एमालेले भूकम्प पीडितलाई अस्थायी आवास बनाउन स्वयंसेवक खटाउने


प्रकाशित: बुुधवार, २२ कातिक २०८०, १८ः३० बजे    
- महानगरखबर

काठमाडौं । नेकपा एमालले जाजरकोट भूकम्पीडितलाई अस्थायी आवास बनाउन स्वंसेवक खटाउने भएको छ । 


मंसीर १ देखि १ हजार स्वयंसेवक खटाउने बुधबार बसेको सचिवालय बैठकले निर्णय गरेको हो । 


पार्टी कार्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकले भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम लगायत जिल्लामा मंसीर १ देखि स्वयंसेवक खटाउने निर्णय गरेको छ । 


पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले ती स्वयंसेवक भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण गरेर फर्किने बताए । 


यस अघि एमालेले २०७२ मा भूकम्प गएका बेला स्वयंसेवक परिचालन गरी प्रभावितहरुका लागि २७ हजार आवास बनाइदिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex