काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले फागुन ८, ९ र १० मा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।
बैठकको ऐजण्डाहरुमा राजनीतिक स्थिति समीक्षा गरिने, संगठनात्मक कामको प्रतिवेदन पेश, संगठन शुद्धीकरण र सुदृढीकरणका लागि कार्ययोजना बनाउने रहेको महासचिव शंकर पोखे्रललेबताएका छन।
त्यसैगरी, गठबन्धनको सरकारले राष्ट्रिय हित, जनसरोकार र सुशासनका प्रश्नमा गम्भीर विचलन देखाएको ठहर गर्दै एमालेले जनपरिचालन गर्ने र दबाव दिने अभियानलाई पनि केन्द्रीय कमिटी बैठकको एजेण्डा बनाएको छ ।
बैठकमा पार्टीको केन्द्रीय कार्यालय बनाउन पार्टी सदस्यहरुबाट कम्तिमा १०० रुपैयाँ संकलन गर्ने प्रस्ताव पनि रहेको छ ।
‘पार्टी सदस्यहरुबाट न्यूनमत १०० रुपैयाँ संकलन गर्ने प्रस्ताव लिएर हामी जाँदैछौं ।’ महासचिव पोखरेलले भने ।
Categorized in राष्ट्रिय