काठमाडौं । नेकपा एमालेको मंगलवार बसेको सचिवालय बैठकले नेता वामदेव गौतमसँग सहकार्य गर्ने निणैय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकलले गौतम नेतृत्व गरिरहेको नेकपा एकता राष्ट्रिय अभियानसँग सहकार्य गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, बैठकले पार्टीको विधान अधिवेशन आगामी २०८२ भदौ २०, २१ र २२ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गर्ने निर्णय समेत गरेको छ । यसअघिको विधान अधिवेशन २०७८ गरिएको थियो ।
त्यस्तै पार्टीको गण्डकी, कर्णाली सम्पर्क तथा विशेष समन्वय कमिटीको प्रस्ताव अनुमोदन गर्ने निर्णय भएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
उनका अनुसार माघ, फागुन र चैत महिनामा वडा केन्द्रित अभियान प्रभावकारी ढंगले सञ्चालन गर्ने पनि निर्णय भएको छ ।
22 January 2025, Wednesday
Categorized in राष्ट्रिय