काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनोटमा नेकपा एमालले १४० सिटका लागि नाम तोकेको छ ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारले ६ माघमा मनोनयन दर्ता गर्नुपर्नेछ ।
कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपा, जसपा नेपाललगायत दलहरू प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउने गृहकार्यमा छन ।
एमालेले काठमाडौंकाका मणिराम फुयाल काठमाडौं–२, रामेश्वर फुयाल काठमाडौं–३, अमनकुमार मास्के काठमाडौं–६, राजेश शाक्य काठमाडौं–८, विनोद श्रेष्ठ, काठमाडौं–१०, चेतनाथ सञ्जेल, ललितपुर–१, प्रेमबहादुर महर्जन ललितपुर–२, सोमप्रसाद मिश्र भक्तपुर–१, महेश बस्नेत भक्तपुर–२ सहित देशभर १४० सिटका लागि उम्मेदवार टुंगाएको छ ।
अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उठ्ने निश्चित छ । उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२, गोकर्ण बिष्ट गुल्मी–२ र पृथ्वीसुब्बा गुरुङ लमजुङबाट उम्मेदवार भएका छन ।
बाँकी क्षेत्रको अन्तिम निर्णय अध्यक्ष ओलीले गर्ने एमालेले जनाएको छ ।
नेकपा एमालेको उम्मेदार नामावाली हेर्न यहाँ क्लिक गर्नुहोस
त्यसैगरी, नेकपामा ५० प्रतिशत युवा उम्मेदवारको लक्ष्य लिएको छ ।
नेकपाले यसपटक कम्तीमा ५० प्रतिशत युवा उम्मेदवार बनाउने लक्ष्य लिएको छ । संयोजक पुष्पकमल दाहाल रुकुम पूर्व र सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ बाट उम्मेदवार हुने निश्चित छन ।
रेणु दाहाल चितवन–३, सुमन सायमी काठमाडौं–८, बिना मगर कञ्चनपुर–१, वर्षमान पुन रोल्पा र प्रकाश ज्वाला सल्यानबाट उम्मेदवार बन्ने तयारीमा छन् । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने नीति लिएको छ ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले उपसभापति स्वर्णिम वाग्ले संयोजकत्वमा उम्मेदवार छनोट गरिरहेको छ । पार्टीका अनुसार करिब ७ सय आवेदन परेका छन ।
सभापति रवि लामिछाने चितवन–२, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह झापा–५, डीपी अर्याल काठमाडौं–९, स्वर्णिम वाग्ले तनहुँ–१ र विराजभक्त श्रेष्ठ काठमाडौं–८ बाट उम्मेदवार बन्ने भएका छन ।
उम्मेदारी छनौटमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट उम्मेदवार हुनेछन । पार्टीले सबै १६५ क्षेत्रमा उम्मेदवारी दिने जनाएको छ ।
जसपा नेपाल, नागरिक उन्मुक्ति र राष्ट्रिय मुक्तिबीच मोर्चा बनाएर चुनावमा जाने सहमति भएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी–२ बाट उठ्नेछन ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने निश्चित भएका छन ।
यसपटकको निर्वाचनमा जेन–जी आन्दोलनको प्रभाव देखिँदै गएको छ । त्यसैले अधिकांश दलहरूले नयाँ अनुहार र युवा नेतृत्वलाई अगाडि ल्याउने रणनीति बनाएका छन ।
कांग्रेसमा संसदीय बोर्ड गठन
नेपाली कांग्रेसले सभापति गगन थापा संयोजकत्वमा संसदीय बोर्ड गठन गरी उम्मेदवार छनोट गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दिएपछि पार्टीले उम्मेदवार छनोट प्रक्रिया तीव्र बनाएको हो ।
उपसभापति विश्वप्रकाश शर्माका अनुसार दुई दिनभित्र सबै १६५ क्षेत्रमा उम्मेदवार टुंग्याउने तयारी भइरहेको छ । सभापति थापा स्वयं काठमाडौं–४ बाट उम्मेदवार बन्ने इच्छुक देखिएका छन् । महामन्त्री प्रदीप पौडेल काठमाडौं–५ र तनहुँ–२ बाट सिफारिस भएका छन् भने शेखर कोइराला मोरङ–६ बाट दोहोरिने तयारीमा छन ।
Categorized in राष्ट्रिय