९ भाद्र २०८३, मंगलबार
Header

एमालेले आज संसदमा गृहमन्त्री नारायाणकाजीको राजीनमा माग्ने


प्रकाशित: बुधवार, १० साउन २०८०, १०ः२० बजे
- महानगरखबर

कठमाडौं । नेपका एमालेले बुधवार दिउँसो संसद बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्ने भएका छन । 


प्रमुख प्रतिपक्षी एमालेले त्रिभुवन विमानस्थलबाट बाहिरिएको १०० केजी सुन प्रकरणमा भएको कमी कमजोरीको जवाफ माग्दै राजीनमा माग्ने तयारी गरेको हो । 


सो विषयमा धारणा बनाउन एमालेको संसदीय दलको १२ बजे बानेश्वरमा संसदीय दलको बैठक समेत बस्ने भएको छ । 


गत मंगलबार त्रिभुवन विमानस्थलबाट बाहिरिँदै गर्दा ट्याक्सीबाट ब्रेक शुसहित झन्डै १०० किलोको सुन बरामद गरिएपनि सो घट्ना भने बुधवार मात्र भएको थियो ।


यस विषयमा एमालेका प्रमुख सचेतक पदम गिरीले गृह र अर्थमन्त्रीले सुन काण्डको नैतिक जिम्मेवारी लिनुपर्ने भएकोले आफूहरुले यो कुरा संसदमा हामी जोडदार रुपमा उठाउने बताएका छन ।

 
यस अघि मालेको भ्रातृ संगठन, युवा संघ नेपालले गृहमन्त्री श्रेष्ठविरूद्ध प्रदर्शनसमेत गरेको थियो।


उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको नदेखिएको एमालेको ठहर छ । 


त्रिभुवन विमानस्थलमा भन्सार जाँच पास गर्ने कार्यमा गृह मन्त्रालय र अर्थ मन्त्रालय अन्तर्गतका निकायहरु रहने हुँदा दुवै मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने एमालेको धारणा रहेको गिरीले जानकारी दिए ।

 
यस प्रकरणमा चिनियाँ नगारिकसहित हालसम्म १६ जना प्रकाउ परिसकेका छन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex