४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

एमालेलमा महानगर र उपमहानगरको लागि उम्मेदार छनौटको तयारी


प्रकाशित: मंगलवार, १ चैत्र २०७८, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । नेकपा एमालले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि उम्मेदवार छनौटको तयारी सुरु गरेको छ । 


मंगलबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले सो तयारी गरेको हो । बैठकले वडा, गाउँपालिका, नगरपालिका, महानगरपालिका र उपमहानगरपालिका लागि उम्मेदवार छनौटको जिम्मेवारी तोकेको छ । 


महानगरपालिका र उपमहानगरपालिका लागि मेयर (प्रमुख) छनौट एमाले केन्द्रीय कमिटिले गर्ने एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए । 


उनका अनुसार वडाअध्यक्ष र वडासदस्यको उम्मेदवार जिल्ला कमिटीले टुंगो लगाउनेछ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ ।


उम्मेदवार छनोटको मापदण्ड भने केन्द्रीय कमिटीको ९ र १० चैतमा बस्ने बैठकलेतय गर्ने उनले जानकारी दिए ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika