काठमाडौं । नेकपा एमालेको बागमति प्रदेशको अधिवेशन सोमबारबाट काठमाडौमा सुरु भएको छ ।
भृकुटीमण्डमा आयोजित अधिवेशनको उद्धघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन ।
उद्घाटन सत्रलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिएका छन ।
‘चुनाव लड्नुस्, लड्न दिनुस्। स्वस्थ प्रतिस्पर्धा गर्नुस्। प्यानल बनाएको थाहा भयो भने प्यानलको सिंगै उम्मेदवारी पनि खारेज हुन सक्छ,’ उनले भने,‘ भोलि पल्टबाट मेरो पक्षमा भोट हालेको, मेरो विपक्षमा भोट हालेको भनेर कुनै प्रकारले खोजीनीति गर्न विभेद गर्न पाइँदैन। यो कुरालाई ध्यानमा राख्नुस ।’
मंगलवार विहान ८ बजेबाट बन्दसत्र सुरु हुने भएको छ । प्रदेश अध्यक्षको प्रतिस्पर्धामा अहिलेसम्म सहमति वा सर्वसम्मत गराउने प्रयास भईरहेको पार्टीका उपाध्यक्ष नेतृ अष्टलक्ष्मी शाक्यले बताईन ।
अध्यक्षका लागि दुई केन्द्रीय सदस्यसहित अहिलेसम्म ५ जना आकांक्षी मैदानमा देखिएका छन ।
अध्यक्षको दौडमा रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल, प्रदेशका वर्तमान अध्यक्ष केशव पाण्डे, सानुकुमार श्रेष्ठ, चितवनका कृष्णभक्त पोखरेल रहेका छन ।
प्रदेश अधिवेशनमा एक लाख नौ हजार २३८ प्रतिनिधिबाट एक हजार १५० बढी प्रतिनिधि चुनिएर आएका छन ।
एमाले बागमती प्रदेशमा ४ सय ७९ सदस्यीय प्रदेश संगठन कमिटी रहेको छ । १३ वटा जिल्लाका जिल्ला अध्यक्षहरू पदेन सदस्य रहेका छन ।
Categorized in राष्ट्रिय