१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

एमालेबाट कीर्तिपुरको मेयरमा सुरेन्द्र मानन्धरको उम्मेदवारी


प्रकाशित: शुक्रवार, १६ कात्तिक २०८१, १९ः२५ बजे
- महानगरखवर

काठमाडौं । नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर)मा सुरेन्द्र मानन्धरको उम्मेदवारी घोषणा गरेको छ ।


एमाले आगामी मंसिर १६ गते हुन गईरहको स्थानीय तहको उपनिर्वाचनका लागि मानन्धरको नाम घोषणा गरेको गरेको हो । 


यस अघि नेकपा एमालेको कीर्तिपुर नगरपालिका कमिटीले मानन्धरको नाम सर्वसम्मत सिफारिस गरेको थियो ।


कीर्तिपुर नगरपालिका मेयर निर्वाचित राजकुमार नकर्मीको गत साउन महिनामा निधन भएकाले सो स्थान उपनिर्वाचन हुन लागेको हो । उनी नेपाली कांग्रेसबाट २०७९ को स्थानीय निर्वाचनमा विजेता भएका थिए । 


यस अघि राप्रपाले इन्जिनियर ध्रुब महर्जनलाई उक्त पदमा उम्मेदवारी घोषणा गरिसकेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex