काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले काठमाडौं जिल्लाका सबै १० वटा निर्वाचन क्षेत्रमा आकांक्षी उम्मेदवारहरूको नाम सिफारिस सकिएको छ ।
एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार काठमाडौं–२ र काठमाडौं–८ बाहेक सबै क्षेत्रबाट एकभन्दा बढी नाम सिफारिस भएका छन ।
काठमाडौं–२ मा मणिराज फुँयाल र काठमाडौं–८ मा राजेश शाक्यको एकल नाम सिफारिस गरिएको छ ।
सिफारिस भएका उम्मेदवारहरु
काठमाडौं–१ मोहन रेग्मी, शर्मिला कार्की, सरोज ढकालसहित ८ जना
काठमाडौं–३ रामेश्वर फुँयाल, कृष्ण राईसहित ६ जना
काठमाडौं–४ पार्टी सचिव राजन भट्टराईसहित १३ जना
काठमाडौं–५ नेता ईश्वर पोखरेलसहित ८ जना
काठमाडौं–६ अमनकुमार मास्के, प्रकाश अधिकारीसहित १२ जना
काठमाडौं–७ पार्टी उपाध्यक्ष रघुजी पन्तसहित ११ जना
काठमाडौं–९ कृष्णगोपाल श्रेष्ठ र डा. अजयक्रान्ति शाक्यसहित ७ जना
काठमाडौं–१० विनोद श्रेष्ठसहित ७ जना
Categorized in स्थानिय