काठमाडौं । नेकपा एमालेले आज शुक्रवार बागमती प्रदेशको नेतृत्व टुंगो लगाउने तयारी गरेको छ ।
विहान १० बजे पार्टी मुख्यालय ललितपुरको च्यासलमा निर्वाचनमा अध्यक्षको प्रतिस्पर्धामा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल रहेका छन ।
यसैगरी उपाध्यक्ष पदमा चार जना ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच र सचिवमा दुई जनाको उम्मेदवारी कायम भएको छ ।
सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डित विच निर्वाचन हुनेछ भने दुई उपसचिवका लागि ओमराज पन्त (अच्युत), कृष्णहरि थापा, खड्ग बहादुर पुलामी, टासी लामा, डबल पाण्डे, प्रेम बहादुर महर्जन, रमेश महर्जन, राजेन्द्र श्रेष्ठ, भक्त कुमारी लामा र रिता गौतम ढकाल छन ।
यसअघि केशव प्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीहरु पनि अध्यक्षको प्रतिस्पर्धी थिए । उनीहरुले उम्मेदावरी फिर्ता लिएका छन ।
कैलाश ढुंगेललाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य आनन्द पोखरेललगायतको समर्थन रहेको बुझिाएको छ ।
बिहीबार राति नै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ ।
त्यस्तै कृष्ण दाहालको पक्षमा पदाधिकारी तहका नेताहरू सुरेन्द्र पाण्डेलगायत नेताहरूको समर्थन देखिएको छ । पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा खुलेरै लागेका छन ।
Categorized in राष्ट्रिय