काठमाडौं । नेकपा एमाललेको बागमती प्रदेशमा १ लाख ९ हजार ३३८ सदस्य रहेको संगठन विभागले जनाएको छ ।
विभागका अनुसार देशभर ५ लाख पार्टी सदस्य रहेको बताएको छ । बागमित प्रदेश, लुम्बिनीमा ८२ हजार ८९५, कोशीमा ९५ हजार १३९, कर्णालीमा ५१ हजार ७५० रहेको छ ।
त्यसैगरी, गण्डकीमा ६३ हजार ५४७ पार्टी सदस्य, सुदूरपश्चिममा ५३ हजार ५०० र मधेस प्रदेशमा ६३ हजार २०० पार्टी सदस्य रहेका छन ।
विभागको असोज ३० गते बसेको बैठकले साढे पाँच लाख पार्टी सदस्यता प्रमाणीकरण गरेको र केही प्रमाणीकरण हुने क्रममा रहेको बताएको हो ।
एमाले साउनदेखि रोकिएको पार्टी सदस्यता स्थानान्तरण पनि खुला गरेको छ । प्रदेश अधिवेशनका लागि उसले एउटा भूगोलमा रहेको पार्टी सदस्य अर्को भूगोल, गैरभूगोलमा लैजान निषेध गरेको थियो ।
वडा कमिटी अधिवेशनका लागि फागुन र चैत महिनामा पार्टी सदस्यता नवीकरण गरिसक्न पनि निर्देशन दिएको छ ।
Categorized in राष्ट्रिय