७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

एमालेको जागरण सभामा अध्यक्ष ओलीले के – के भने ?


प्रकाशित: शुक्रवार, ७ मंसिर २०८१, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । नेकपा एमालेले काठमाडौंमाको दरवारमार्गमा जागरण सभा सम्पन्न गरेको छ ।


सभाको प्रमुख वक्ता रहेको एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समसामयि विषयमा टिप्पणी गरेका छन ।


उनले कांग्रेस–एमाले समिकरण सरकार, आफू माथि लागेको भ्रष्टाचार, सहकारी ठगी प्रकरण, हुन लागेको चीन भ्रमण लगायतको विषयमा उल्लेख गरे । 

 


एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गरेको हो।


मुलुकमा बढ्दो अराजकता, अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ सभा गरेको एमालेले जनाएको छ ।


०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण


प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण रहिरहने बताएका छन । दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले कुनै पनि भ्रममा नपर्न आग्रह समेत गरेका छन ।


‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता भ्रममा नपर्नुस, आम जनतालाई त्यस्ता भ्रममा पर्न नदिनुस ।’


‘२०८३ असारसम्म यो सरकार रहन्छ, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री रहनु हुन्छ’, ओलीले भने ।

 


चीन भ्रमण सफल हुने


प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा जान लागेको भन्दै भ्रमण अत्यन्तै सफल हुने बताए ।


उनले भने, ‘चीन भ्रमण अत्यन्त सफल रहनेछ । यो कुरा फर्केर आएपछि थाहा पाउनुहुनेछ ।’


१७ मंसिरदेखि हुने चीन भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने उनले स्पष्ट पारे ।

 


आफूमाथि लागेको आरोपहरू खण्डन गर्न पनि लायक छैन 


प्रधानमन्त्री ओलीले आफूमाथि लागेको आरोपहरू खण्डन गर्न पनि लायक नरहेको बताएका छन ।


‘हामीमाथि लगाएका आरोपहरू वास्तवमा खण्डन र चर्चा गर्न लायकका पनि छैनन, ‘उनले भने,‘ उनीहरू आफैं बोल्छन् एकछिनपछि युट्युब खोलेर आफैं सुन्छन् र आफैं दंग पर्छन् । अनि सबै मानिस भ्रममा परे होला भन्ठान्छन् ।’


उनले भने, ‘जनताले देखेको छ । कसले कति कमाएको छ कसले कति कमाएको छैन । कसले आफन्तको नाममा थुपारेको छ, कसले छैन । यी कुराहरू सबै दुनियाँले देखेको छ । विश्वले देखेको छ ।’


कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको लगानी रहेको भन्ने आरोपको खण्डन गर्दै ओलीले समाजमा घृणा फैल्याउने चेष्टा भइरहेको बताए ।

 


चिनियाँ कार्ड आरोपको जवाफ 


प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएका अभिव्यक्तिमा जबाफ फर्काएका छन। 


जागरण सभाबाट जबाफ दिँदै उनले भने, ‘हाम्रो स्वाधीनता, भौगोलिक अखण्डताको रक्षा गर्दै विदेश नीतिलाई सन्तुलित गर्छौं। कतिले के–केन व्यवसाय भेट्टाएजस्तो गरेर, पहिले कता जानुपर्ने कता गयो, अपरिपक्व भयो।। १ कस्तो हुन्छ परिपक्व भनेको? कता जानुपर्ने? धर्मशास्त्रमा लेखेको छ कि, संविधानमा लेखेको छ कि, कानुनमा लेखेको छ कि, संयुक्त राष्ट्रसंघको बडापत्रमा छ कि कहाँचाहिँ बडा परिपक्वता भेट्टाउनुभयो, यी बाहियात र कायर कुराहरू हुन ।’


प्रम ओली मंसिर १७ गतेबाट चीन जाने कार्यक्रम रहेको छ । 

 


सहकारी ठगी गर्नेहरू अरूलाई गाली गर्दै हिँडेका छन 


प्रधानमन्त्री शर्मा ओलीले सहकारी ठगी गर्नेहरू अरूलाई गाली गर्दै हिँडेको बताएका छन ।

 
ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्ष्य गर्दै सहकारी ठगी गर्नेहरू अरूलाई गाली गर्दै हिँडेको उल्लेख गरेका छन। 


‘उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन।  आफै सहकारी ठगी गर्ने, अरूलाई मुख छाड्ने? अरूलाई गाली गर्ने ? ओलीले भने ।


कुनैपनि प्रकारको ठगी सह्य हुनेछैन । कुनै प्रकारको मानव तस्करी सह्य हुनेछैन । कसैलाई पनि नेकपा एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस् जोसुकै होस्। अनुहार हेर्दैन अपराध गर्नेलाई कारबाही गर्छ,ु ओलीले भने । 

 

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगखबर
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex