८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

एमालेको गणतन्त्र उत्सव सभा भृकुटीमण्डपमा


प्रकाशित: विहिवार, १५ जेठ २०८२, १३ः२० बजे
- महानगरखवर

काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ताहरुले गणतन्त्र दिवसको उत्सव मनाउने भएका छन ।


उनीहरु काकठमाडौंको विभिन्न स्थानमा जुलुस सहित भृकुटीमण्डपमा सहभागी हुने भएका छन ।


यस अवसरमा एमालेले प्रतिकात्मक तरबार र ढालसहित प्रदर्शन गरेका छन् ।


काठमाडौंमा गणतन्त्र दिवसलाई उत्सवमय रुपमा मनाउन भन्दै प्रदर्शनमा उत्रिएकाहरुले तरबार र ढालसहित प्रदर्शन गरेका हुन् । यो र्‍यालीको अग्रपंक्तिमा एमाले सचिव लेखराज भट्ट लगायतका नेताहरु छन् ।


उनीहरुले गणतन्त्र जिन्दावाद, नेकपा एमाले जिन्दावाद लगायतका नारा लगाएका छन् ।


र्‍याली भद्रकाली, शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर कोण सभामा परिणत हुनेछ । सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex