काठमाडौं । रामवीर मानन्धर नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन ।
बिहीबार राष्ट्रिय सभा गृह मा आयोजित प्रतिज्ञापत्रबारे प्रश्नोत्तर कार्यक्रममा उनी औपचारिक रूपमा कांग्रेसमा समावेश भएका हुन ।
उक्त कार्यक्रम गगन थापा को प्रश्नोत्तर सत्रपछि सम्पन्न भएको थियो । कार्यक्रमपश्चात आयोजित पार्टी प्रवेश समारोहमा मानन्धरलाई कांग्रेस नेताहरूले स्वागत गरेका थिए ।
यसै अवसरमा नेपाल कम्युनिस्ट पार्टी का केन्द्रीय सदस्य दीपक केसी पनि कांग्रेसमा प्रवेश गरेका छन ।
त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) रसुवाका जिल्ला कमिटी अध्यक्ष जनार्दन ढकाल सहित ७८ जना नेता तथा कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरेको जनाइएको छ ।
Categorized in स्थानिय