काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २१ मा पनि नेकपा एमालेका उदयचुडामणी बज्राचार्य वडा अध्यक्ष्मा निर्वाचित भएको छ ।
वडा अध्यक्षमा निर्वाचित भण्डारीले २ हजार १ मत पाएका छन । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुशुधन प्रधानले १ हजार ५१३ मत पाएर दोस्रो भएका छन ।
महिला सदस्यमा एमालेकी ज्ञानु डंगोल २ हजार ४ मत पाएर सदस्यमा निर्वाचित भएकी छिन । उनका प्रतिद्धन्द्धी कांग्रसकी कल्पना खड्गी शाहीले १ हजार २८२ मत पाएकी छिन ।
त्यसैगरी दलित महिला सदस्यमा एमालेकी रिना नेपालले २ हजार १०० मत पाई निर्वाचित भएकी छिन उनकी प्रतिस्पर्धी कांग्रसकी सीता दर्जी १ हजार २७८ मत पाएकी छिन ।
पुरुष सदस्यहरुमा एमालेका न्हुच्छे देवी महर्जन अधिकारीले १ हजार ८४७ मत पाएर बिजयी भएका छन भने उनका प्रतिस्पर्धी कांग्रेसका बर्खा पोडेले १ हजार २२९ मत पाएका छन ।
त्यसैगरी दुुई सुुर्य भएका श्याम शाक्यले १ हजार ७९३ मत पाई बिजय भएका छन । कांग्रेसका सजन डंगोल १ हजार ३२७ मत पाएका छन ।
Categorized in स्थानिय