काठमाडौं । एमसीसी विरुद्ध मंगलवार काठमाडौंमा प्रदर्शन गरिएको छ ।
मंगलवार काठमाडौंको माईतीघर मण्डलबाट एक जुलस निकालिएको थियो । जुलुसले मण्डला हुँदै बबरमहल, बानेश्वर हुँदै संसद भवन तर्फ अघि बढेको थियो ।
विरोधमा प्रदर्शनमा सहभागीहरुले एमसीसी खारेज गर, दलालहरु होसियार, होसियार, एमसीसी हामीलाई चाँहिदैन भन्दै नारावाजी गरेको थियो ।
पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्ने तयारी गरेपछि सडकमा विरोध प्रदर्शनहरु हुन थालेको छ ।
आज ६ कम्युनिष्ट दल र दुई मोर्चाले विरोध प्रदर्शन गरेका हुन । विप्वल नेतृत्व नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (मसाल), मोहन बैद्य किरण नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी), सी.पी. मैनाली नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (माले), ऋषी कटेल नेतृत्व नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्व बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले विरोध प्रदर्शन गरेका हुन ।
सो विरोध प्रदर्शनमा सी.पी. गजुरेल नेतृत्व देशभक्त जनगणतान्त्रिक मोर्चा र चित्रबहादुर के.सी नेतृत्व राष्ट्रिय जनमोर्चाले सहभागी जनाएको छ ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर






Categorized in राष्ट्रिय