१६ चैत्र २०८०, शुक्रबार
Header

एमसीसी अनुमोदनको तयारी, बानेश्वरमा प्रदर्शन


प्रकाशित: आईतवार, १६ फागुन २०७८, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । संभवतः आज अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आज अनुमोदन हुनेछ । 


सत्तागठबन्धन दल नेकपा माओवादी केन्द्रले व्याखात्मक टिप्पणी सहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । एमसीसी अनुमोदनको लागी सत्तागठबन्धन दलहरुविच सहमति जुटेपछि आजै एमसीसी अनुमोदन हुने पक्का छ । 


यता गठबन्धन दलका भातृसंगठनहरु भने एमसीसी खारेजीको माग गर्दै सडक प्रदर्शनमा उत्रेका छन । विहानैदेखि बानेश्वर क्षेत्र, संसद भवन वरपर प्रदर्शनकारीहरु नारावाजीमा उत्रेका छन । 


युवा संगठन वाईसीएलको झण्डा बोकेका युवाहरुले ‘एमसीसी राष्ट्रघाती’ भएको भन्दै केहीबेर नाराबाजी गरेका छन ।


एमसीसी विरुद्धको प्रदर्शनमा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, राप्रपाका कार्यकर्ताहरु समेत छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD