७ बैशाख २०८१, शुक्रबार
Header

एमसीसीविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटोफिचर)


प्रकाशित: सोमवार, २ फागुन २०७८, १६ः५० बजे
- महानगरखबर

काठमाडौं । बहुचर्चित अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध काठमाडौमा प्रदर्शन भएको छ । 


सोमवार विभिन्न २२ दलले काठमाडौंको माईतघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सो विरुद्ध सडक प्रदर्शन गरेको थियो । 


एमसीसी सम्झौता खारेजीको माग गर्दै उनीहरुले व्यानर, प्लेकार्ड लिएर एमसीसीविरुद्ध नाराबाजी गर्दै सरकारलाई खबरदारी गरेको थिो । 

 


एमसीसी चाहिँदैन,देश बेच्‍न पाइदैन,नेपाल विदेशी स्वार्थका लागि परेड खेल्‍ने ठाउँ होइनलगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए ।


प्रदर्शनमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्चलगायत दलहरु सहभागी थिए ।


एमसीसी संसद टेवल गर्ने तयारी गरेपछि यस विरुद्ध देशका विभिन्न भागमा लगातार प्रदर्शनहरु भईरहेको छ । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD