काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरणका मुख्य लगानी कर्ता एमके ( मोहनकुमार ) अग्रवाल भएको यस अघि पक्राउ परेको अभियुक्तहरुले अदालतसमक्ष बयान दिए पनि ढिला सुस्तीका बिच शुक्रबार प्रहरीले उनको घरमा छापा मारेको छ ।
प्रहरीले उनको घरबाट सुन ओसार्ने ज्याकेट, ३० लाख नगद, १० तोला सुन र २ केजी चाँदी बरामद गरेको जनाएको छ ।
प्रहरीले यो प्रकरणको अनुसन्धान थालेलगत्तै घरमा ताला अग्रवाल फरार भएका थिए । प्रहरीले उनी भारतमा लुकेर बसेको आशंका गरेको छ ।
त्यसैगरी प्रहरीले बा १० च २८२ नम्बरको गाडीसहित अन्य केही महत्वपूर्ण कागजातहरु बरामद गरेको दाबी गरेको छ ।
Categorized in राष्ट्रिय