काठमाडौं । एभरेस्ट बैंकले ३ अर्ब रुपैयाँको कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले फागुन १८ गतेदेखि ऋणपत्र निष्कासन जनाएको छ । जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो ।
न्यूनतम २५ कित्ता लगानी गर्न सकिने यस ऋणपत्रको वार्षिक ब्याजदर ७.५ प्रतिशत छ ।
१० वर्षे अवधिको यो ऋणपत्र २०९१ सालमा मात्रै परिपक्व हुनेछ । यद्यपि ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ भने आवश्यक परेको खण्डमा अन्य बैंकमा धितो राखेर ऋण लिन पाइन्छ ।
आवेदकले अनलाइन प्रणाली मेरो सेयरमार्फत छिटोमा २१ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा ढिलोमा चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
22 Ferbury 2025, Sunday
Categorized in बैंक