१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

एभरेष्ट इन्स्योरेन्सका ग्राहकले नर्भिकले नगदरहित सेवा पाउने


प्रकाशित: शुक्रवार, २० पुष २०७५, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटल बीच एक स्वास्थ्य सम्झौता भएको छ । 


कम्पनीका ग्राहकले नर्भिकमा उपचार गरे नगदरहित सेवा पाउने भएको छ । 


कम्पनी र हस्पिटलविच नगद रहित स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भए अनुसार एभरेष्ट इन्स्योरेन्स कम्पनी बाट ‘एभरेष्ट हेल्थ केयर’ स्वास्थ्य बीमालेख लिएका ग्राहकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भई उपचार गराउंदा उक्त हस्पिटलबाट नगद रहित उपचार सेवा उपयोग गर्न पाउने छन र उपचार पूर्व नगद जुटाउने झन्झट बाट मुक्त हुनेछन ।


सो सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिहं र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex