७ बैशाख २०८१, शुक्रबार
Header

एपिक म्युजिक अवार्डमा महानायक हमाल दम्पती नेवारी पोशाकमा 


प्रकाशित: आईतवार, ८ माघ २०७९, ११ः३० बजे
- महानगरखवर

काठमाडौं । चौथो एपिक म्यूजिक अवार्ड नेपाली चलचित्र जगतका महानयक राजेश हमाल सम्मानित भएका छन ।


शनिवार भक्तपुरमा आयोजित कार्यक्रमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हमालालाई महानयक पदवीबाट सम्मान गरेका हो । हमाललाई सम्मानसहित एक लाख एक हजार एक सय एघार रुपियाँ नगद पुरस्कार समेत प्रदान गरिएको थियोे । 


ओलीले सम्मानपछि ओलीको हमालले चलचित्र क्षेत्रमा दिएको योगदानको चर्चा गर्दै प्रशंशा गरेका थिए । कार्यक्रममा हमाल दम्पती नेवारी पोशाकमा सहभागी भएका थिए । 

 


सो अवसरमा गायिका तीर्थकुमारी थापा, गायक रत्न बेहोसी, रजतपटका प्रकाश सुवेदी लगायतलाई पनि ओलीले सम्मान पत्र प्रदान गरे । 


ओली पत्नी राधिका शाक्य, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेत्रीहरु बसुन्धरा भुषाल र गौरी मल्ल, हमाल पत्नी मधु भट्टराई लगायत सहभागि थिए ।

 



तस्वीरः बालकोट 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD