काठमाडौं । वरिष्ठ पत्रकार बिजरत्न तुलाधर एपिक म्यूजिक अवार्डबाट सम्मानित भएको छ ।
काठमाडौं ठमेलस्थित भर्खरै सञ्चालनमा आएको छायाँ कम्पलेक्समा आयोजित ‘नेशनल एपिक नेपाल म्युजिक अवार्ड २०७५’ सम्मान कार्यक्रमका प्रमुख अथिति पूर्व प्रधानमन्त्री एवंम नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार बिजयरत्नलाई सम्मान पत्र प्रदान गरेका थिए ।
पत्रकार विजयरत्न लामो समयदेखि चलचित्र पत्रकारको रुपम क्रियाशिल छन । उनले नेपाली तथा नेपाल भाषा दुवैमा कलम चलाउने क्रियाशिल पत्रकारको रुपम ख्याति कमाएका छन ।
सो अवार्डमा ६६ विधामा पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरी प्रमुख अतिथि प्रचण्डले एपिक म्युजिक एवार्ड कार्यक्रममा संगीत क्षेत्रमा योगदान पुराएका संगीतकर्ममि मध्ये भजन सम्राट भक्तराज आचार्य र लोकगीत सम्राट कुमार बस्नेतलाई अभिनन्दन गरे ।
सम्मानित हुने अन्य सञ्चारकर्मीहरुमा ऋषि धमला, रवि लामिछाने, नयाँ पत्रिकाका लक्ष्मण सुबेदी, कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराई, म्युजिकखबरका सबिता पोखरेल, म्युजिक डायरीका तुलसि गिरी भावुक लगायत रहेका छन् ।
एपिक नेपालयका अध्यक्ष अमन श्रेष्ठका अनुसार राजेन्द्र पुरीको संयोजकत्वम भएको सो कार्यक्रममा सदस्य सचिव गोकर्ण लामिछानेले स्वागत मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा अवार्डको लागि सुमन बैरागी पण्डित र बबिता श्रेष्ठ निर्णायक मण्डलका सदस्य रहेका थिए ।
Categorized in मनोरन्जन