८ भाद्र २०८३, सोमबार
Header

एन्फाले नेपाल र बंगालदेशको फाइनल खेल टिकट ४ स्थानबाट विक्री गर्दै 


प्रकाशित: मंगलवार, १३ कात्तिक २०८१, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधवार हुने साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीच फाइनल खेलको टिकट विभिन्न ४ स्थानबाट विक्री गर्ने भएको छ ।

 
बुधवार दशरथ रंगशालामासाँझ साढे ६ बजे हुने फाइनल खेलको टिकट अब अनलाइनबाट टिकट विक्री नगर्ने जनाउदै टिकको लागि स्थानहरु तोकिएको छ ।


एन्फाका अनुसार जावलाखेल खेल मैदान, एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकालीस्थित आर्मी अफिसियल केन्द्र र रंगशालाबाट टिकट बिक्री गरिनेछ । 


साधारणतर्फ ५ सय दरको १० हजार र भिआइपीतर्फ एक हजार दरको एक हजार गरी कुल ११ हजार टिकट बिक्री गरिने एन्फाको भनाइ छ ।


आइवार नेपाल र भारतविच भएको सेमिफाइनल खेलमा रंगशालामा क्षमता भन्दा बढि दर्शकहरुको उपस्थिती देखिएपछि आलोचना भएको थियो ।


यसपछि एन्फाले यसअघि टिकट बिक्रीको अधिकार दिएको माउन्ट एभरेस्ट स्पोट्र्स एन्ड इभेन्ट प्रालिसँगको टेन्डर रद्द गर्दै आफै टिकट बिक्री गर्ने भएको हो ।


८० लाखमा टेन्डर लिएको प्रालिले आइतबार १८ हजार बढी टिकट बिक्री गरेको रिपोर्ट सार्वजनिक भएको थियो जबकी रंगशालाको क्षमता १४ हजारको हो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex