१६ बैशाख २०८१, आइतबार
Header

एन्फाको सीईओमा इन्द्रमान तुलाधर नियुक्त


प्रकाशित: सोमवार, २ पुुस २०८०, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा इन्द्रमान तुलाधरलाई नियुक्त गरेका छ ।


सोमबार बसेको एन्फा कार्यसमिति बैठकले तुलाधारलाई सो जिम्मेवारी दिएको हो । 


एन्फाका पूर्व महासचिव समेत रहेका तुलाधरले गत शनिबार एन्फा महासचिव किरण राईसँग संयुक्त पत्रकार सम्मेलन गर्दै एन्फाको वर्तमान नेतृत्वलाई सहयोग गर्ने घोषणा गरेका थिए ।


२०६३ सालदेखि लगातार एन्फामा कुनै न कुनै भूमिकामा रहेका तुलाधर २०७९ असारमा भएको निर्वाचनमा कर्मा छिरिङको प्यानलमा थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD