काठमाडौं । एनसेल मुख्यालयमा बम विस्फोटन गराउने प्रमुख योजनाकार कलंकीबाट पक्राउ परेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता सुर्य भुजेल हुन । प्रहरीको विशेष ब्युरो र महानगरीय अपराध महाशाखालको टोलीले उनलाई कलंकीस्थित एक घरबाट पक्राउ गरेको हो ।
भुजेको नेतृत्वमा ललितपुरको नख्खुमा रहेको एनसेलको मुख्यालयलाई बम विस्फोटन गरिएको थियो ।
गत शुक्रबार साँझ गरिएको सो बम विस्फोटमा सिंहबहादुर गुरुङ्गको मृत्यु भएको थियो भने प्रतिक्षा खड्का र उरुषा माधन्धर घाइते भएका थिए । बम विस्फोटको जिम्मा चन्द नेतृत्वको नेकपाले लिएको थियो ।
यस प्रहरीले देशभरीबाट १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।
Categorized in राष्ट्रिय