५ जेठ २०८१, शनिबार
Header

एनसेल खरिद विक्री प्रकरण शंकास्पद, छानविन गर्न आग्रहः सत्तारुढ दल


प्रकाशित: मंगलवार, १९ मंसिर २०८०, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । सत्तारुढ गठबन्धनले एनसेलको स्वामित्व खरिद बिक्री शंकास्पद भएको निष्कर्ष निकालेको छ ।


बैठकले सो विषयमा गम्भीरतापूर्वक छानबिन गर्न सरकारलाई आग्रह समेत गरेको छ ।


मंगलबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले यस्तो निष्कर्ष सहित निर्णय निकालेको हो । 


एनसेलको सेयर खरिद–बिक्रीबारे छलफल गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पनि चासो व्यक्त गरेको छ । 


मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर ९६ अर्ब ६६ करोड रूपैयाँ० मा बिक्री गरेको बताएको थियो । 


यस विषयमा अहिले राजनीतिक दलका नेताहरुले भ्रष्टाचार भएको आशंका व्यक्त गरेका छन ।


कांग्र्रेस महामन्त्री गगन थापा, वरिष्ठ नेता शेखर कोईरालाले पनि एनसेल खरिदविक्री प्रकरणमा भ्रष्टाचारको आशंका गरेका छन ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD