५ भाद्र २०८३, शुक्रबार
Header

एनसेल खरिद विक्री प्रकरणमा सरकारले बनायो समिति


प्रकाशित: विहिवार, २१ मंसिर २०८०, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । सरकारले एनसेल खरिद विक्री प्रक्रियामा भएको कारोवार छानविन गर्न एक उच्चस्तरीय समिति बनाएको छ । 


८० प्रतिशत हिस्सेदार कम्पनी रेनोल्ड होल्डिङ्सको शेयर खरिद–बिक्रीको निर्णयबारे अध्ययन गर्न विहिवार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो। 


सरकारको प्रवक्ता तथा सुचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, हृदयेश कुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले रहेको जानकारी दिइन । 


उनले समितिलाई एक महिनाको कार्यावधि दिएको बताइन । टेलिकम कम्पनी एन्सेलको २० प्रतिशत शेयर नेपाल कम्पनी सुनिभेरा क्यापिटलको स्वामित्वमा छ । 


मलेसियाको आजिआटा कम्पनीले रेनोल्ड होल्डिङ्सको सबै शेयर बेलायतमा हालै दर्ता भएको स्पेक्ट्रलाइट नामक कम्पनीलाई बेच्ने निर्णय गरेको हो ।


नियमनकारी निकायको पूर्वस्विकृतीविना बिक्री गरेको र कर छल्न खोजेको हुनसक्ने आशंकामा प्रश्न उठेपछि मंगलबार सत्तारुढ दलहरुको बैठकले यसवारे छानविन गर्ने निर्णय गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex