काठमाडौं । यसपटकको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता मंसिर १ गतेदेखि सुरु भएर २७ गतेसम्म चल्ने तालिका तय गरिएको छ ।
एनपीएलका खेलहरू भारतीय स्टार टेलिभिजन नेटवर्क हेर्न पाइने तर यो पटक दर्शकले युट्युबमार्फत खेल हेर्न नपाउने भएका छन ।
क्यानले मोबाइल एपमार्फत खेल हेर्न मिल्ने व्यवस्था मिलाउँदैछ, जसका लागि दर्शकले पैसा तिरेर मात्रै खेल हेर्न सक्ने छन ।

गत वर्ष भने क्यानले नेपालभित्रका दर्शकका लागि युट्युबमा निःशुल्क प्रसारण गरेको थियो । यस वर्ष भने टीभीको पहुँच बाहिर रहेका दर्शक र विदेशमा रहेका नेपालीका लागि मोबाइल एप नै मुख्य विकल्प हुने बताइएको छ ।
Categorized in मनोरन्जन