२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

एनपीएल खेलतालिका सार्वजनिक, खेल कीर्तिपुर क्रिकेट मैदानमा हुने


प्रकाशित: मंगलवार, ४ मंसिर २०८१, १२ः१० बजे
- महानगरखवर

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) खेल तालिका सार्वजनिक गरेको छ ।


मंसिर १५ गतेबाट सुरु हुने एनपीएल खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच सिद्धार्थ बैंक विच पहिलो खेल हुने भएको छ ।


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको खेलतालिका सोमबार प्रकाशित गरेसँगै यी दुई टोलीबीच उद्घाटन खेल हुने भएको हो । 


मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचन भएको कारण कारण कुनै खेल नहुने क्यानले जनाएको छ । मंसिर १७ मा काठमान्डु गुर्खाज र चितवन राइनोजले आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछ । 


तेस्रो दिन अर्थात मंसिर १८ मा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स तथा चितवन र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । लुम्बिनी लायन्सले चौथो दिनमा आएर पहिलो खेल खेल्ने छ । टोलीको प्रतिस्पर्धा विराटनगरसँग हुनेछ । 


पुस १ गते लिगको अन्तिम खेल हुनेछ, जहाँ सुदूरपश्चिम र कर्णाली भिड्नेछन ।


आठ टोलीबीच राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछ । पुस ३ गते तेस्रो र चौथो हुने टोली इलिमिनेटर तथा सोही दिन दोस्रो खेलमा लिगको पहिलो र दोस्रो हुने टोलीबीच क्वालिफायर १ मा प्रतिस्पर्धा हुनेछ । 


क्वालिफायर १ को विजेता टोली सोझै फाइनल पुग्ने छ । इलिमिनेटरमा विजयी हुने टोली र क्वालिफायर १ मा पराजित हुने टोलीबीच फाइनलमा प्रवेश पाउन पुस ४ गते प्रतिस्पर्धा हुनेछ । फाइनल पुस ६ गते हुनेछ ।


हेरौं खेलतालिकाः 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex