काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि १४२ खेलाडी छनोट गरेका छन ।
क्यानका अनुसार कुल ४ सय २६ खेलाडीले आफ्नो नाम दर्ता गराएकामा त्यसबाट एनपीएल तयारी समितिले उक्त संख्यामा छनोट गरेको हो ।
आइतवार एनपिएल अक्सन हुने क्यानले जनाएको छ । नेपाली फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो यस प्रतियोगिता आगामी मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
यस अघि क्यानले असोज ५ देखि १२ सम्म खेलाडी दर्ताका लागि खुला गरेको थियो । अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ग्रेड ‘बी’ ३८ र ग्रेड ‘सी’ ७७ खेलाडी रहेका छन ।
प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ । सहभागी हुने टिममा सुदूरपश्चिम रोयल्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स छन ।
क्यानले यसअघि नै ती टिमका प्रवर्धकको नाम सावर्जनिक गरिसकेको छ । साथै टिमले आफ्नो लोगो र मार्की खेलाडी सार्वजनिक गरिसकेका छन ।
सम्बन्धीत समाचारः एनपिएल को आठ फ्रेञ्चाइज टिम मूल्य सहित सार्वजनिक
Categorized in मनोरन्जन