७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

एनपीएलमा काठमाडौं गोर्खाजको दोस्रो जित


प्रकाशित: मंगलवार, ९ मंसिर २०८२, १९ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं गोर्खाजले सिद्धार्थ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा दोस्रो जित दर्ता गरेको छ । 


मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गर्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको हो । 


चार खेलमा दोस्रो जित निकालेको काठमाडौंले अब ४ अंक बनाउँदै प्रतियोगितामा पुनः लय समातेको छ । 


काठमाडौंले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराएपछि सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग लगातार पराजित भएको थियो ।

 
उता, लुम्बिनीका लागि भने यो लगातार दोस्रो हार हो ।  पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी त्यसपछि कर्णाली याक्ससँग पराजित भएको थियो । 


१५९ रनको लक्ष्य पछ्याउँदै लुम्बिनी १३५ रनमै समेटियो


काठमान्डुले दिएका १५९ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स १९.१ ओभरमा सबै विकेट गुमाउँदै १३५ रनमा समेटियो । 


लुम्बिनीका शेर मल्लले २७ तथा दिलीप नाथले २५ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन । 


काठमाडौँका बलरहरूको उत्कृष्ट प्रदर्शन


काठमाडौँको बलिङ उत्कृष्ट रह्यो । मिलिन्द कुमार र जेरार्ड एरासमसले दुई–दुई विकेट लिए ।


कप्तान करण केसी, शाहब आलम, सन्तोष यादव र रासिद खानले एक–एक विकेट झारे । 


एनपीएलको दोस्रो संस्करणमा समूह चरण रोचक बन्दै गइरहेको छ । काठमाडौँले अब बाँकी खेलमा प्लेअफ दाबी बलियो बनाउने संकेत दिएको छ ।


तस्वीरः अनलाइनखबर

asteriskhubs
Home Page Bottom Second


maharjan complex