७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

एनपिएल लिगको लोगो सार्वजनिक, मंसिर १५ बाट प्रतियोगिता 


प्रकाशित: मंगलवार, ४ भाद्र २०८१, ०९ः४० बजे
- महानगरखवर

काठमाडौं । टी–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो सार्वजनिक गरिएको छ । 


सोमवार नेपाल क्रिकेट संघ (क्यान) ले एक सार्वजनिक कार्यक्रममा एनपिएल लोगो खेलकुद मन्त्री तेजुलाल चौधरीले अनावरण गरे ।


सो अवसरमा क्यानले लिग आगामी मंसिर १५ देखि पुस ६ सम्म प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छन ।


अब क्यानले लिगको टोली घोषणा गरेपछि खेलाडी आबद्ध गर्ने प्रकिया अघि बढाउने जनाएको छ । 


यसअघि क्यानले दुई वर्षअघि नेपाल टी–२० लिग नाममा भारतीय कम्पनीलाई आयोजनाको अधिकार बेचेको थियो ।

 
यस लिगमा क्यानले ६ टोली हुने सहभागी हुने बताएको छ । टोलीको स्वामित्व किन्नका लागि क्यानले यसअघि सूचना प्रकासित गरेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex