२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

एनटिभीमा नेपालभाषामा समाचार प्रसारण सुरु


प्रकाशित: विहिवार, ०१ कातिक २०८१, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल टेलिभिजनमा नेपालभाषामा समाचार प्रसारणको शुभारम्भ भएको छ । 


टेलिभिजनले संयुक्त राष्ट्र संघको भाषा दशक तथा नेपालभाषाको पत्रकारिता सय वर्ष पुगेको अवसरमा बुधबारदेखि नेपालभाषामा समाचार प्रसारण शुरु गरेको हो।


नेपालभाषाको समाचार प्रसारणसंगै नेपाल टेलिभिजनबाट प्रसारित हुने मातृभाषाहरु मैथली, तमु (गुरुङ), लिम्बु, तामाङ र डोटेली भाषामा समाचार प्रसारण भइरहेको छ । 


त्यसैगरी राष्ट्रिय समाचार समिति (रासस) ले गत मंगलबारदेखि नेपालभाषा र मैथली भाषामा समाचार प्रेषण र प्रकाशन गर्ने कार्य शुरुआत गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex