५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

एनजिओ र आइएनजिओको गतिविधी निगरानी गरिने, पादाधिकारीले सम्पती विवरण सार्वजनिक गर्नुपर्ने


प्रकाशित: विहिबार, २४ जेठ २०७५, २१ः१६ बजे
- जेम्सज्वेलरीखबर


काठमाडौँ ।  सरकारले राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) को गतिबिधिी निगरानी गर्ने भएको छ ।

 
विहिबार गृहमन्त्रालयमा भएको एक छलफलमा एनजिओ तथा आइएनजिओलाई कसरी अनुगमन तथा नियमन गर्ने भन्ने बारे गृहमन्त्री रामबहादुर थापा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा तथा दुवै मन्त्रालयका पदधिकारीबीच बार्ता भएको थियो ।


सो छलफलले एनजिओ र आइएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएकाले यसको नियमनलाई तीव्रता दिने निर्णय गरेको हो ।

 
त्यसैगरी सो बैठकबाट एनजिओ र आइएनजिओका पदाधिकारीले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने गरी कार्यविधि बनाउने र त्यसलाई कडाइकासाथ लागू गर्ने निर्णय गरेको जनाएको छ ।

 
तीन वर्षदेखि दर्ता नवीकरण नभएका एनजिओ र आइएनजिओको दर्ताका लागि १५ दिने म्याद जारी गर्ने र सो अवधिमा दर्ता नभए स्वतः खारेज गर्नेसमेत बैठकको निर्णय छ ।

 
मुलुकमा हाल ४७ हजार एनजिओ र २०० भन्दा बढी आइएनजिओ दर्ता छन् ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex