काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) का १४ सदस्यीय फोटो पत्रकारको टोली चीन प्रस्थान गरेको छ ।
आइतवार पिन्चाओ फोटोग्राफर एसोसीयसनको निमन्त्रणामा राष्ट्रिय फोटो पत्रकार समूह,एनएफपिजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा फोटो प्रर्दशनीको लागि चीनको सान्तोङ प्रान्त प्रस्थान गरेको हो ।
चीनका चर्चित फोटोग्राफर सु छुई तथा नेपाल चीन मैत्री संघको सहकार्यमा हुन लागेको हिमशृंखलामाथिको उडानले भरिएको नेपाल ( सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनीमा नेपालका पर्यटनक्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिव १०० मनमोहक तस्वीरहरु सान्तोङ प्रान्तका विभिन्न शहरहरूमा एक महिनासम्म प्रर्दशनी गरिने भ्रमण संयोजक सुनिल शर्माले जानकारी दिए ।
सो अवसरमा चीनका विभिन्न पर्यटकीय साथै शैक्षिक क्षेत्रको पनि अवलोकन गरिने छ ।
Categorized in प्रबिधि