१२ बैशाख २०८१, बुधबार
Header

एनआरएन अध्यक्षमा रविना थापाले उम्मेदारी घोषणा गरिन


प्रकाशित: आईतवार, १० असोज २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएन)को अध्यक्ष अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष समेत रहेकी रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन । 


बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन ।


घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन । ‘२० बर्षको अन्तरालमा यसअघि जमुना गुरुङले कोशिस गर्नुभएको थियो। उहाँको कोशिसलाई सफल पार्न अहिले म आएकी हुँ । आफैंले इच्छा गरेमात्रै नेतृत्वमा पुग्न महिलाहरु सफल हुनेछौं ।’


थापाले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउदै सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई अपिल समेत गरिन ।


कार्यक्रममा नै उपाध्यक्ष पदमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन । भर्चुअल रुपमा सम्बोधन गर्दै जापानका ओम गुरुङले सचिव पदमा उम्मेदवारी दिने बताएका छन । 


दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि संघको अध्यक्ष पदमा बेलायतका कुल आचार्य र रसियाका डा. बद्री केसीले पनि उम्मेदवारी दिने बताउँदै आएका छन । आचार्य र थापा कांग्रेस निकट र डा. केसीलाई नेकपा एमाले निकटका उम्मेदवारको रुपमा हेरिदै आएको छ ।


संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा थापाले कुल आचार्य समूहबाट नै महिला उपाध्यक्षमा चुनाव जितेकी थिइन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD