७ बैशाख २०८१, शुक्रबार
Header

एनआरएनएका उपाध्यक्ष केसीद्धारा अध्यक्ष पदको उम्मेदवारी घोषणा


प्रकाशित: मंगलवार, १९ मंगलवार २०७८, १९ः०० बजे
- केडिआर

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)का बर्तमान कार्यसमितिका उपाध्यक्ष डा. बद्री केसीलेले अध्यक्ष पदको लागि उम्मेदारी घोषणा गरेका छन । 


मंगलवार रसियाका व्यवसायी उपाध्यक्ष डा. केसीले काठमाडौंबाट उम्मेदवारी घोषणा गरेका हुन । उनले एनआरएनएमा आफूले लिएको अनुभवलाई संगठनको उचाइ वृद्धिमा लगाउने बताएका छन । 


आगामी अक्टोबर २३–२५ सम्म काठमाडौंमा एनआरएनएको दशौं विश्व सम्मेलनले हुँदैछ ।  नेतृत्व चुन्नका लागि विश्वभर रहेका संघका प्रतिनिधिहरूले अनलाइन माध्यमबाट एकैसाथ भोट गर्नेछन ।


केसी संघको दुई कार्यकाल महासचिव, एक कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल केन्द्रीय सदस्य भइसकेका छन । कोरोना महामारीमा गैरआवासीय नेपाली संघले दुई लाख भन्दा बढी नेपालीलाई सहयोग र उद्धार गरेको उनले जानकारी दिए । 


उनले भने, ‘अन्तर्राष्ट्रिय  श्रम बजारमा हासिल गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशको विकास र समृद्धिका निम्ति उपयोग गर्न नेपाल सरकारसँग सहकार्य गरि छुट्टै श्रम तथा सीप बैंक स्थापनाका लागि पहल गर्नेछौं ।’ 


आफ्नो दुई वर्षे कार्यकालमा नेपालमा लगानीको क्षेत्र पहिचान गरी सुरक्षित लगानी प्रवद्र्धनका लागि संघदेखि प्रदेश र स्थानीय तहसँग सहकार्य गर्ने समेत योजना सुनाए । 


एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई अघि बढाइनेछ । हाल १० अर्ब सुरुवाती पूँजी रहेको यस फण्डलाई आगामी दिनमा थप बृहत बनाइनेछ र, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सो फण्डमा (आइपोओ मार्फत) जोडिने समेत उनले सुनाए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD