१७ बैशाख २०८१, सोमबार
Header

एनआईसी बैंकले काठमाडौं महानगरको स्वास्थ्य प्रवर्धन केन्द्रमा स्वास्थ्यकर्मी उपलव्ध गराउने


प्रकाशित: विहिवार, २३ चैत्र २०७९, १४ः२० बजे
- महानगरखबर

काठमाडौँ । एनआईसी बैंकले काठमाडौं महानगरको ५ वडामा स्वास्थ्य प्रवर्धनको लागि स्वास्थ्यकर्मीहरु उपलव्ध गराउने भएको छ ।


बैंकले महानगरको वडा नं. २६, १५, ८, ७, र ५ वडाका स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुमा ४/४ जनाको दरले जनशक्ति उपलब्ध गराउने भएको हो ।


महानगरसँग भएको सहममति अनुसार हरेक स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आठौँ तहको मेडिकल अफिसर एक जना, पाँचौँ तहको फिजियोथेरापी असिस्टेन्ट, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी नियुक्त गरिनेछ ।


सो केन्द्रमा नियुक्त भएका जनशक्तिलाई नेपाल सरकारको प्रचलित तलब स्केलबमोजिम बैंकले भुक्तानी गर्ने महानगरसँग सम्झौता भएको छ । 


बैङ्कसँगको सहकार्यमा सञ्चालन हुने केन्द्रहरु बैशाख ७ गतेभित्र सञ्चालनमा आउने महानगरले जनाएको छ ।


बैङ्कसँगको समझदारी २०८१ असार मसान्त सम्मका लागु हुनेछ । कुनै कारणबस समझदारीका बुँदा परिपालना गराउन नसकिने अवस्थामा १५ दिनको सूचना दिएर अन्त्य गर्न सकिनेछ ।   


सहमति पत्रमा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले र बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन । 


तस्वीरः काठमाडौं महानगरपालिका 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD