११ भाद्र २०८३, बिहिबार
Header

एनआईसी बैंकको डलर क्रेडिट कार्डमा यस्तो सुविधा 


प्रकाशित:   शुक्रबार, ८ असार २०७५, २०ः३१ बजे
- जेम्सज्वेलरीखबर

काठमाण्डौं । एनआइसी एसिया बैंकले ल्याएको डलर क्रेडिट कार्डमा विशेष सुविधाहरु रहेको बैंकले जनाएको छ । 


विदेश भिजिटका लागि आफ्ना ग्राहक वर्गको सुविधालाई ध्यान राख्दै सो कार्ड ल्याएको हो

। 
अहिले इकमर्सप्रतिको आकर्षण बढ्दो छ । यो कार्ड नेपाल र भारत वाहेक जुनसुकै मुलुकमा प्रयोग गर्न सकिने सुविधा रहेको छ ।

 
यस कार्डबाट ग्राहकले अमेरिकी डलर ५ सयदेखि १५ हजारसम्म कर्जा लिन सक्नेछ ।

 
निःशुल्क इकमर्स अनलाइन पेमेन्टको सुविधाका साथै कर्जा सिमितको ५० प्रतिशतसम्म नगद झिक्न मिल्ने बैंकले जनाएको छ । ४५ दिनसम्म ब्याज तिर्न नपर्ने सेवामा १० वा शतप्रतिशत भुक्तानीको ब्यवस्था कार्डमा रहेको बैंकले जनाएको छ ।


बैंकका २२४ शाखा, २१७ एटिएम र १४ एक्सटेन्सन काउन्टर छन । बैंकका ११ वटा शाखारहित बैंकिङ इकाइ छन् ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex