काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कास्कीको लेखनाथमा स्थापना भएको छ ।
बैंकले विहिवार २६८औँ शाखाका रुपमा लेखानाथको बुढीबजारमा स्थापना गरेको जनाएको छ ।
मुलुकका हरेक ठाउँमा सेवा पुराउने उद्देश्यले सो शाखा स्थापाना गरिएको बैंकका गण्डकी प्रादेशिक प्रमुख जयन्द्र रावलले जानकारी दिए ।
उक्त बैंकको कूल निक्षेप करीब रु १६९ अर्ब रहेको छ भने रु १४४ अर्ब कर्जा प्रवाह गरेको छ ।
सो शाखाको उद्घाटनपछि प्रादेशिक प्रमुख रावलले ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गर्ने प्रतिबद्धता जनाए । उक्त बंैकका हाल करीब १३ लाख ५० हजार ग्राहक रहेको बताइएको छ ।
Categorized in बैंक