१४ बैशाख २०८१, शुक्रबार
Header

एथलेटिक्स परिवारले मनायो प्रथम बार्षिकोत्सव


प्रकाशित: विहिवार, १९ साउन २०७९, ११ः५० बजे
- महानगरखबर

काठमाडौं । एथलेटिक्स परिवार नेपालले प्रथम बार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।


बुधवार काठमाडौंमा एक कार्यक्रमविच परिवारका सदस्यहरुलाई सम्मानपत्र प्रदान गरी बार्षिकोत्सव मनाएको परिवारका उपाध्यक्ष रमेश शाक्यले बताए ।


काठमाडौं खेलकुद जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकीको प्रमुख आतिथ्यमा बनाईएको सो वार्षिकोत्समा परिवारका लागि सल्लाहकार पदमा मनोनित व्यक्तित्वहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । 


प्रमाणपत्र पाउनेहरुमा सञ्जिव तुलाधार, रघुराज पन्त, ध्रुव विक्रम मल्ल धादिङ, शान्ति गुरुङ काठमाडौ, मोहन नेपाल काठमाडौं लगायतमा प्रमुख अतिथि बुढाथोकीले प्रदान गरेका थिए । 


सो अवसरमा विशिष्ट अतिथिमा नवौं राष्ट्रिय खेलकुदका सचिवालय प्रमुख एंव सविच फणिन्द्र पौडेल, शम्भु दाहाल, रघुराज पन्त लगायतको उपस्थिती रहेको थियो । 


कार्यक्रम परिवारका अध्यक्ष राजन खत्रीको सभापतित्वमा सञ्चालन भएको थियो । सो अवसरमा विभिन्न गीतहरुमा नृत्य पनि प्रस्तुत गरिएको थियो । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगखबर

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD