काठमाडौं । महिला तथा बालवालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन) द्धारा विहिवार सञ्चारकर्मीसँग ‘मानव बेचविखन र बालवालिकाको व्यवसायिक यौनशोषणविरुद्ध’ विषयमा एक संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालबाट हुने मानव तस्करी र वालवालिकाहरु कसरी यौनशोषणमा पर्ने गरेको भन्ने विषयमा केन्द्रित भएको सो संवाद कार्यक्रममा सञ्चार माध्यमहरुको भुमिका र दायित्ववारे विशेष चर्चा गरिएको थियो ।
एटविनको लागि वरिष्ठ पत्रकार विजय पौडेलले प्रस्तुत गरेका ‘मिडिया एनालाईसिस अन हुम्यान ट्राफिकिंग’ को प्रतिवेदनले वि.स. २०७४ सालमा प्रकाशित पत्रपत्रिकामा प्रकाशित भएको समाचारमाथि छलफल गरिएको थियो ।
पत्रकार पौडेलले तयार पारेको प्रतिवेदनमा राष्ट्रिय ९ वटा पत्रिकामा छापिएको समाचारलाई अधार मानेर सो बर्षमा मानव तस्करी र बालवालिकामाथि हुने व्यवसायिक यौनशोषणविरुद्ध के कति समाचार तथा लेखहरु प्रकाशित भएको तथ्यांक प्रस्तुत गरिएको थियो ।
२०७४ सालमा गोरखापत्रमा ४८, कान्तिपुरमा ११०, नगारिकमा ७३, नयाँ पत्रिकामा ५१, नेपाल समाचारपत्र ४५, राजधानी ३७, अन्नपूर्ण पोष्टमा ५६, हिमालयन टाईम्समा ७५ र काठमाडु पोष्टमा ७३ वटा समाचाररु प्रकाशित भएको पत्रकार पौडलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा उल्लेख भए अनुसार सो बर्षमा ४२९ वटा मानव बेचविखन सम्बन्धी भएको घट्नमा काठमाडौमा मात्र २७७ वटा रहेको छ भने धादिंग, गोरखा, कास्की, मकवानपुर, झापा, चितवन, सिरहा, वाग्लुङ लगायतका जिल्लामा यस किसिमका घट्नाहरु घटेको देखाइएको छ ।
त्यसैगरी प्रतिवेदनमा घट्ना हुने कारण, घट्नामा संग्लनहरु, जातीयता, प्रभावितको उमेर, लिङ, प्रभावितको वसोवास, वेचविनखनको उद्देश्य, कारणहरु, प्रकारहरुबारे चर्चा गरिएको छ ।
कार्यक्रमका सभापति तथा एटविन अध्यक्ष अन्जना शाक्यले मानव वेचविखनमा मिडियाहरुको भूमिका महत्वपूर्ण हुने भएको घट्नालाई प्राथमिकता साथ प्रकाशित तथा प्रशारण गरेर राज्यलाई दवाव सिर्जना गर्ने काम गर्न आग्रह गरेका थिए ।
साथै शाक्यले कार्यक्रममा उपस्थित पत्रकार तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा विश्वास नेपालका कार्यकारी अधिकृत वालकुमारी आलेले मानववेच विखनको मुख्य ट्रान्जिन पोइन्ट विभिन्न रेष्टुरेन्ट तथा डान्सवारहरु भएको बताउँदै मिडियाले समाचाार कभरेज गरेको खण्डमा यस क्षेत्रमा काम गर्ने संघ, संस्थाहरुलाई सहज हुने भनाई राखे ।
कार्यक्रमलाई शक्ति समुहका कार्यकारी निर्देशक सुनिता दनुवारले स्वागत तथा कार्यक्रमको उद्देश्यवारे प्रकाश पारेका थिए भने एटविनका परियोजना अधिकृत बालमाया विश्वकर्माले कार्यक्रम संचालन गरेका थिए ।


Categorized in समाज