काठमाडौं । महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समुह (एटविन) ले मंगलबार राजधनीमा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको विषय अन्तरक्रिया सम्पन्न गरेको छ ।
काठमाडौंको बुधनगरस्थित अल्फाविटा हाउसमा ‘मनोरञ्जन क्षेत्रमा हुने व्यवसायिक बाल यौन शोषण तथा आन्तरिक बेचविखनको समस्या र समाधानका उपाहरु’ बिषायक अन्तरििक्रया कार्यक्रम सम्पन्न गरेको हो ।
सो कार्यक्रममा एटविनले गत मे महिनामा मनोरन्जन क्षेत्रमा कार्यरत २४ जना श्रमिक महिलाहरुबिच एक बन्दशत्रको आयोजना गरी कार्यशाला सञ्चालन गरी समस्या र सुझावहरु लिई तयार परिएको प्रतिवेदनमा माथि सो अन्तरक्रिया चलाईएको थियो ।
एटविनका लागि श्रोत व्यक्ति तथा सहजकर्ता निलम शर्माले प्रस्तुत गरेको सो प्रतिवेदनमा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अवस्था, उनीहरुको पारिश्रमिक, कार्य समय, सुरक्षा, रोजगाारदाता तथा ग्रहाकहरुबाट गरिने व्यवहार, श्रम शोषण, यौन शेषण, हिंसा, श्रम ऐनको अवस्था, सामाजिक दृष्टिकोण तथा व्यवहार, रोजगारमा संगठित हुने अवस्था, राज्यका निकायहरुबाट गरिने व्यवहार, श्रमिक महिलाहरुको लागि काउन्सिल गर्ने एनजिओहरुको भुमिका लगायतको विषयमा ब्यापक चर्चा गरिएको थियो ।
सो कार्यक्रममा मनोरन्जन क्षेत्रमा कार्यरत ३ जना श्रमिक महिलाहरुले मनोरन्जन क्षेत्रमा हुने व्यवावहार, राज्यको सुरक्षा निकायहरुको भुमिका विषयमा आ–आफ्नो अनुभवहरु सुनाएका थिए । एक कामदार महिलाले भने मनोरन्जन क्षेत्रमा सुधारको आशा निकै कम रहेको भनाई राखेको थिईन । अर्का एक महिला कामदारले भने रोजगारबाट पलायन नभई श्रम र अधिकारको विषमया सेचत भई पेशालाई मर्यादित बनाउन सबैको भूमिका आवश्यक रहेको भनाई व्यक्त गरिन् ।
त्यसैगरी कार्यक्रममा सहभागीहरुले पनि मनोरन्जन क्षेत्रलाई कसरी मर्यादित, सम्मानजनक बनाउन सकिन्छ भन्ने विषमया राज्य, सामाज र सरोकारबाला निकायहरुले आ–आफ्नो क्षेत्रमा काम गर्नु भने भनाई राखेका थिए ।
एटिविनका सचिव तथा शक्ति नेपालको अध्यक्ष पूर्णिमा दलार्मीको अध्यक्षता भएको सो अन्तरक्रिया कार्यक्रममा विश्वास नेपालका अध्यक्ष तथा एटविनका सदस्य तारा भण्डारीले स्वागत मन्तव्यबाट सुरु गरेका थिए । कार्यक्रममा अथितिको रुपमा नेपाल सरकारका महिला तथा बालबालिका मन्त्रालयका प्रतिनिधिको रुपमा पूर्णिमा उपाध्यायय, श्रम रोजगार सुरक्षाका श्रीषीराम भुसाल, मानव अधिकारका प्रतिनिधि यशोदा भण्डारी, नेपाल प्रहरीका प्रतिनिधि, ट्रेड युनियन प्रदेश न.३ का अध्यक्ष विनोद कार्की लगायतका सहभागिता रहेको थियो ।
सो कार्यक्रममा एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरुङले एटविनका बिषयमा चर्चा गरेका थिए भने प्यानल छलफलका नेतृत्व गरेका थिए ।
कार्यक्रम एटविनका परियोजना अधिकृत बालकुमारी विश्वकर्माले संचालन गरेका थिए ।
Categorized in समाज