२० बैशाख २०८१, बिहिबार
Header

एघार वटा बैंकले गरयो लाभांशको घोषणा, कसले कति दिँदै


प्रकाशित: आइतवार, १७ मंसिर २०८०, १९ः१० बजे
- महानगरखवर

काठमाडौं । एघार वटा बाणिज्य बैंकहरुले शेयर धनीलाई दिने लाभांशको घोषणा गरेका छन । 


यी बैंकहरूले गत आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन । 


एनआइसी एशिया बैंकले सबैभन्दा बढि लाभांश दिने घोषणा गरेको छ । बैंकले २९ प्रतिशत बोनस सेयर र १.५२ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।


त्यसैगरी, लभांश घोषणा गर्ने बैंकहरुमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआइ बैंक, नबिल बैंक र एनएमबी बैंक रहेका छन ।

 
एभरेष्ट बैंकले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।


माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने भएको छ । गत वर्षको नाफाबाट कम्पनीले सेयरधनीहरूलाई १३.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद लाभांश दिन लागेको हो । 


सानिमा बैंकले यो वर्ष ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कुल १४.७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।


सिटिजन्स बैंकले यो वर्ष नगद लाभांश ५.७९ प्रतिशत लाभांश दिएको हो ।  गत वर्ष पनि कम्पनीले ९ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो । 


सिद्धार्थ बैंकले पनि यो वर्ष नगद लाभांश ४.२१ प्रतिशत वितरण गर्ने घोषणा गरेको छ । 


यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकले यो वर्ष १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 


ग्लोबल आइएमइ बैंकले सेयरधनीहरूलाई चुक्ता पुँजीको १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांशगरी कुल ९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । 


नेपाल एसबिआइ बैंकले यो वर्ष सेयरधनीहरूलाई ३.७५ प्रतिशत बोनस सेयर र ६.८ प्रतिशत नगद गरी कुल १०.५५ प्रतिशत लाभांश दिने भएको छ ।


नबिल बैंकले भने यो वर्ष सेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश दिन लागेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD