काठमाडौं । नेवाः भुमि अतिक्रमणका कारण चर्चामा रहेको ललितपुरको खोकनामा एघारौ नेवाः एकता दिवश हुने भएको छ ।
एकता दिवशवारे जानकारी दिन बुधवार अयोजित पत्रकार सम्मेलनमा नेवाः देय् दबूका अध्यक्ष तथा एकता दिवशका संयोजक नरेश ताम्रकारले माघ ९ गते शुक्रवार ललितपुरको खोकनामा भव्य रुपमा एघारौं नेवाः एकता दिवश मनाउने जानकारी दिए ।
संयोजक ताम्रकारले भने,‘नेवाःहरुले नेवाः सम्पदा, भूमि, संस्कृति अतिक्रमण विरुद्ध उठाएको विभिन्न माग तथा अधिकारको लागि लडिरहेको मुद्दाहरुलाई एकिकृत रुपमा अघि बढाउने नेवाः एकता दिवशको उद्देश्य हुनेछ ।’
अहिले राज्यले जुन ढंगबाट विकासको नाममा नेवाः भूमि, संस्कृति, सम्पदामाथि अतिक्रमण गरेको छ यो असहय भएको बताउँदै अध्यक्ष ताम्रकारले यस दिवशले नेवाःहरु एकिकृत छ र आवश्यक परेको खण्डमा आन्दोलनको मोर्चा खडा गरेर अघि बढने समेत उक्त पत्रकार सम्मेलनमा बताए ।
सो अवसरमा यस दिवशमा नेवाः स्वायत्त राज्यको लागि आन्दोलन निरन्तरताका लागि नेवाः स्वायत्त राज्यका विभिन्न घटकहरुको प्रतिवद्धता हुने, नेवाःहरुमा कुनै विभेद छैन भन्ने सन्देश दिँदै एकता प्रतिवबद्धता जनाउने तथा नेवाः अधिकारको लागि एकिकृत आन्दोनलप्रति प्रतिवद्धता जाहेर गर्ने पत्रकार सम्मेलनमा जानकारी दिए ।
साथै खोकना घोषणा पत्र पनि सार्वजनिक गरिने संयोजक ताम्रकारले बताए ।
Categorized in राष्ट्रिय